१५ जेठ ०७५, डडेल्धुरा । भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु ३ जना घाइते हुनुका साथै ३ जना घाइते भएको छन् ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप गन्यापधुरा गाउँपालिका–३, गजरौलामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।
डडेल्धुरा प्रहरीले दुर्घटनाको पुष्टि गर्दै पाँच जनाको शव फेला परेको मृतकको सनाखत हुन नसकेको जनाएको छ ।
दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर ३ जना घाइतेलाई अस्पताल पठाएको छ । प्रहरीले दुर्घटनाको कारण नखुलेकाले थप अनुसन्धान भइरहेको जनाएको छ ।