जिप दुर्घटना हुदाँ चालकको मुत्यु, दुई जना घाइते

९ चैत, चितवन । पृथ्वी राजमार्गस्थित चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जिप दुर्घटना हुदाँ चालकको मुत्यु भएको छ ।

दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।

 

दुर्घटनामा जीपका चालक धादिङ सिम्लेका २१ बर्षीय किरण तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना समान्य घाइते भएका छन । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको मत