जापानमा बाढी र पहिरोमा परी सयभन्दा बढीको मृत्यु, ५० भन्दा बढी बेपत्ता

२५ असार ०७५, एजेन्सी । जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा सय जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

जापानको क्योडो समाचार एजेन्सीका अनुसार बाढी र पहिरोका कारण कम्तिमा पनि एकसय भन्दा बढीकोे ज्यान गएको, ५० भन्दा बढी व्यक्ति बेपत्ता भएको बताएको छ ।

पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् ।

गत बिहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च रहेको खुलाएको छ ।

तपाइको मत