२३ असार ०७५, राजविराज । उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताले खोजेको जस्तो परिवर्तन अझै नदेखिएकाले अहिलेको परिवर्तन अधुरो र अपूर्ण रहेको बताएका छन् ।
शनिवार सप्तरी उद्योग वाणिज्य संघको अभिवादन र जिल्लाको समग्र विकासमाथि छलफलमा सो कुरा बताएका हुन् ।
कार्यक्रममा मन्त्री यादवले मुलुकमा आएको संघीयता कार्यान्वयनका लागि विभिन्न खाले अवरोध रहेकोले जनताले खोजेको जस्तो परिवर्तन अझै नदेखिएकाले त्यसका लागि आफुहरुको राजनीतिक लडाई जारी रहेको बताए ।
कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले सप्तरीको समग्र विकासका लागि मेडिकल कलेज स्थपाना, अस्पतालको स्तरोन्नति, हुलाकी सडक, कुनौली–राजविराज–रुपनी हुँदै गाईघाट सडक निर्माण, सिमावर्ति कुनौली बजारसम्म रेल मार्ग विस्तार, कोशी कमला हाईडेम निमार्ण लगायतका अति आवश्यक कार्यहरु समेटिएको अवधारणा पत्र मन्त्री यादवलाई बुझाएका थिए ।