चेतनाका लागि -याली र सरसफाई

सेवा निवृत्त शिक्षक र कर्मचारीको विदाई

3

५ जेठ ०७४, राजविराज । स्थानीय केशो अनिरुद्धवति माध्यमिक विद्यालय सेवा निवृत्त प्रधानाध्यापक र कर्मचारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ ।

विद्यालयको सभाकक्षमा ब्यवस्थापन समिति, शिक्षक, कर्मचरी र विद्यार्थीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी सेवा निवृत्ति भएका प्रधानाध्यापक रुद्र नारायण चौधरी, शिक्षकद्वय मालती दास, अरुण चौधरी, लेखापाल बब्बन झार मुखिया राम अवतार साहको बिदाई गरेका हुन् ।

कार्यवक्रममा विद्यालय ब्यवस्थपन समिति, शिक्षक, कर्मचारी र विद्यार्थीका तर्पmबाट उनीहरुलाई उपहार समेत प्रदान गरिएको थियो ।

चेतनाका लागि -याली र सरसफाई

1

पछिल्लो समय सरसफाई र पोषणयुक्त खानाबारे ज्ञानको अभावमा सर्वसाधारण तथा बालबालिकामा विभिन्न खाले रोगको संक्रमण देखिन थालेपछि चेतना फैलाउन जिल्ला जनस्वास्थ्य कार्यालय जुर्मुराएका छन् ।

यसैक्रममा जिल्लाका ४ सय १७ विद्यालयमा १ देखि १० कक्षा सम्मका वालवालिकालाई विगत २ दिनदेखि विद्यालयमै पुगी जुकाको औषधि वितरण र सरसफाईको महत्वबारे बुझाउने काम सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार नगरमा ¥याली र सरसफाई मार्पmत चेतना फैलाउने प्रयास गरेको हो ।

2

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०७४ अन्तर्गत आयोजना गरिएको चेतनामूलक ¥यालीमा ………… पोषणयुक्त खाने कुरा खाऔं, स्वस्थ रहो, बालबालिकालाई जुकाको औषधि खुलाउँ, चर्पीको सँधै प्रयोग गरौं, घरमै बनेको खाजाको प्रयोग गरौं, लगायतका नारा लेखिएका प्ले कार्ड बोकी जनस्वास्थ्य कार्यालयबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्नुका साथै विभिन्न स्थानमा सरसफाई समेत गरेका थिए ।

¥यालीको अगुवाई जनस्वास्थ्य प्रमुख नागेन्द्र प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले गरेका थिए ।

तपाइको मत