४ फागुन ०७५, काठमाडौं । विभिन्न चार देशका राजदूतले राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
सोमबार नाइजेरिया, स्लोभाक गणतन्त्र, नेदरल्याण्ड र भियतनामका गैरआवासीय राजदूतले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।