३२ साउन ०८१, काठमाडौं । जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं. १५ नैकापको एक घरमा रङ लगाउने क्रममा २ तले छतबाट खसेर एकजना श्रमजीवी मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले दिएको जानकारीअनुसार नुवाकोटको पन्चकन्या गाउँपालिका–१ घर भएका ४१ वर्षीय अणबहादुर थापा मगरको छतबाट खस्दा मृत्यु भएको हो ।
प्रवक्ता अधिकारीकाअनुसार घरमा रङ लगाउने क्रममा खस्दा घाइते भएका अणबहादुरलाई उपचारका लागि अस्पताल लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको हो ।
सो घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरी परिसर काठमाडौंले जनाएको छ ।