२ चैत, काठमाडौं । इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका प्रमुख नगेन्द्रप्रसाद जोशीले गत साता भारतीय एसएसवीले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई शहीद घोषणाको प्रमाण पत्र बुझाएका छन् ।
इलाका प्रशासन प्रमुख जोशीले गौतमका परिवारलाई शहीद घोषणाको प्रमाण पत्र बुझाउने क्रममा राहत प्रक्रियामा छिट्टै आउने आश्वासन दिए ।
गत बिहीबार सीमा विवादपछि भएको प्रदर्शनमा भारतीय एसएसवीले गोली चलाउँदा कञ्चनपुर पुनर्वासका ३० बर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले उनलाई तत्काल राहत उपलब्ध गराउने भने पनि ८ दिन बितिसक्दा राहतको अत्तोपत्तो छैन ।