गोरखापत्र संस्थानका महाप्रबन्धक हटाउने निर्णय कार्यान्वयन नगर्नु – सर्वोच्च

१४ कार्तिक ०७५, काठमाडौं । सर्बोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकलाई हटाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकले उपाध्यायलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

सरकारले यसअघि पनि उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध पनि उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र निवेदनको सुनुवाइ गर्दै अदालतले गत असार २९ गते सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उपाध्याय जिम्मेवारीमा फर्किएका थिए ।

तपाइको मत