११ बैशाख ०७५, ललितपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा बम बिष्फोटको घटनाबारे बुझ्न प्रहरी प्रमुख सहित हात्तीवन पुगेका छन् ।
मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त यादव निवासमा घटनाको बारेमा बुझ्न गृहमन्त्री प्रहरी प्रमुख सर्वेन्द्र खनालसहित हात्तीवन पुगेका हुन् ।
गृहमन्त्री बादलले सुरक्षाको विषयमा सरकार गम्भीर रहेको र आयोगका पदाधिकारीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री बादलले केही समूह अस्थिरता निम्ताउन उद्दत रहेको बताउँदै घटनामा संलग्नको पहिचान नजिक पुगिसकेकाले उनीहरुलाई नियन्त्रणमा लिइने बताए ।
प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको निवासको पर्खालमा आइतबार साँझ अज्ञात समूहले बम विष्फोट गराएको थियो ।