गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

५ बैशाख ०७६, काठमाडौं । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।

गृहमन्त्रालयमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सचिव राई र महानिरीक्षक खनाललाई नगद तथा प्रशंसा पत्र प्रदान गरेका हुन् ।
बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा सचिव राई, प्रहरी महानिरीक्षक खनाललाई रू. ८ हजार नगद र प्रशंसा पत्र दिइएको हो ।

गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई पनि नगद रु. ६ हजार र प्रशंसापत्र प्रदान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरेका छन् ।

आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने गृहमन्त्रीको भनाई छ ।

गृहमन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व. २०७३/७४ सम्मको आ.व. २०७४/७५मा फछ्र्यौट गरिसक्नु पर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात् रकम रु चार अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्र्यौट भएको छ ।

यस्तै नेपाल प्रहरीको आ.व. २०७३/७४ सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।

बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार उनीहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

तपाइको मत