गृहमन्त्रालयले ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ देशव्यापी रुपमा सञ्चालन गर्ने

१४ भदौ ०७५, काठमाडौं । गृहमन्त्रालयले अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन बिरुद्ध अभियान सुरु गर्ने भएको छ ।

गृहले अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको हो ।

त्यस्का लागि गृहमन्त्रालयले मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा लैजानका लागि तयार पारेको छ । सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।

इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।

तपाइको मत