गाविस टुक्र्यााएको भन्दै पचरौतावासीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

pach routa

रामबाबु मेहता / २ माघ, कलैया । पचरौता गाउँपालिका संघर्ष समिति पचरौताले जिल्ला प्रशासन कार्यालय बारा मार्फत् आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

संघर्ष समितिले पाँच गाविसलाई दुई टुक्रामा विभाजन गरी सतमौजा गाउँपालिका बनाउने स्थानीय तह तथा पुनर्संरचना आयोगको सिफारिस खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बेलदारी, पकडीया, बेनौली, बिसुनपुर र पिपरपाती गाविसलाई जोडेर सतमौजा गाउपालिका बनाउन पुनर्संरचना आयोगले सिफरिस गरेको छ ।

बाराका प्रमुख सहायक जिल्ला अधिकारी मुकेश केशरीलाई ज्ञापन पत्र बुझाउन संर्घष समितिको नाममा समितिका संयोजक विनोध कुमार यादव, ने.वि.संघका केन्द्रीय सह–महामन्त्री राजेश रौनियार, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य रामकिशोर यादव, तमालोपाका केन्द्रिय सदस्य जितेन्द्र सिंह, नेकपा एमालेका क्षेत्रीय उपाध्यक्ष दिनानाथ सहनी, नेपाली काग्रेसका किशोरी प्रसाद यादव लगायतका राजनीतिक दलका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

तपाइको मत