१३ जेठ ०७५, काठमाडौं । गायक शिव परियार मोटरसाइकल दुर्घटनामा परेका छन् ।
आइतबार बिहान बसुन्धारामा परियारले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
घाइते परियारको दाहिने खुट्टामा चोट लागेकाले बसुन्धारास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किएको बताइएको छ ।