गण्डकी साक्षर प्रदेश घोषणा

२४ असोज ०७८, कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार पोखरामा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

प्रजातन्त्रको विरुद्धमा कसैलाई सपना नदेख्न भन्दै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र रहेको बताउँदै भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु केही हुन सक्दैन ।’

यस्तै प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताए ।

गण्डकी प्रदेश साक्षर घोषणा गरे पनि धेरै कुरा गर्न बाँकी रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।