१२ साउन ०७८, काठमाडौं । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
यस अघि गण्डकीका प्रदेश प्रमुख रहेका नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले गत बैशाख २० गते पदमुक्त गर्दै सीता पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।