२९ बैशाख ०८०, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो बिहीबार ७ मन्त्रालयको कार्यविभाजन गरेर शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
शुक्रबार नेकपा (माओवादी केन्द्र)लाई दुई मन्त्रालय र पाँच मन्त्रालय आफैं राखेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्था मन्त्री, बागलुङका दिपेन्द्र थापा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री, माओवादी केन्द्र म्याग्दीका रेशम जुग्जाली भौतिक पुर्बाधार विकास तथा यातायात व्यवस्था मन्त्री, तनहुँका जितप्रकाश आले आर्थिक मामिला मन्त्री बनेका छन् ।
मुख्यमन्त्री पाण्डेले यसअघि आफू मुख्यमन्त्री बनेसँगै माओवादी केन्द्रका सुशिला सिंखडालाई सामाजिक बिकास मन्त्री र नेपाली काँग्रेसका सरस्वती अर्याल तिवारीलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्ति गरेका थिए ।