गण्डकी प्रदेश सभाको लोगो नक्कल गरेको भन्दै उजुरी

१८ असोज ०७५, कास्की । महेन्द्र उपाध्यायले गण्डकी प्रदेश सभाको लोगोका विषयमा उजुरी गरेका छन् ।

उपाध्यायले इमेलमा पठाएको प्रतीक चिन्ह सचिवालयका कर्मचारी बिनित राना मगरले नक्कल गरेको भन्दै उजुरी गरेका हुन् ।

रानामगरले बनाएको प्रतीक चिन्हलाई प्रदेश सभाको लोगो छनोट गरेपछि उपाध्यायले आफ्ना अधिकांश कन्टेन्ट उत्कृष्ट घोषणा गरिएको लोगोसँग मिलेको दाबी गरेका छन् ।

प्रदेश सभाका अनुसार १२ लोगो मध्येबाट रानामगरको सर्वाेत्कृष्ट चयन गरिएको हो ।

प्रदेश सभाका पदाधिकारीले उपाध्यायले गरेको उजुरीबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिस्पर्धी उपाध्यायका अनुसार नेपालको नक्साभित्र जातजातिले भरिएको गण्डकी प्रदेश, गैंडा, हिमालको भाग, नदी, धानको बालालगायतका अधिकांश कन्टेन्टहरु बिनितले नक्कल गरेको छ ।

तपाइको मत