२० बैशाख ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बैठकको सिफारिसमा नवनियुक्त गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको सपथ गराएकी हुन् ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएपछि माओवादी केन्द तर्फबाट गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख तिलक परियार पदमुक्त भइसकेका छन् ।