खानेपानी संस्थानको बोर्डलाई ९ सदस्यीय बनाउने सरकारको निर्णय

३ असार ०७५, काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समिति (बोर्ड)लाई ९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको १९ सदस्यीय बोर्डलाई ९ मा झार्ने निर्णय गरेको हो ।

बैठकले लेखा परीक्षण विधेयक स‌ंघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ भने उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

त्यस्तै,  मन्त्रिपरिषद् बैठकले सूचना प्रविधि तथा सार्वजनिक प्रसारण सेवासम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सहमति दिनुका साथै शिक्षा विज्ञान प्रविधि मन्त्रालय, वाणिज्य मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको सांगठन संरचना स्वीकृत गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।

तपाइको मत