२२ जेठ ०७७, सुर्खेत । क्वारेन्टाइनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका वडा १, हाँसे गाउँका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको छ ।
भारतबाट जेठ ७ गते फर्किएर युवा जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेको उनको बुधबार आरडीटी परीक्षण नेगेटिभ रिपोर्ट आएपछि घर पर्किएका उनको बिहान मृत्यु भएको वडा नं १ का अध्यक्ष धनबहादुर थापाले जानकारी दिएका हुन् ।
वडा अध्यक्ष थापाले रातको २ बजे बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको बताए ।
खाना खाएर सुतेपछि एक्कासि घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु भएको सँगै भएका साथीहरूले जानकारी गराएको वडाध्यक्ष थापाले जानकारी दिए ।
उनले ती युवाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर वीरेन्द्रनगरमा परीक्षणका लागि पठाउने तयारी भएको पनि बताए ।