कोरोना संक्रमित १० जना थपिए, कूल संख्या २९१ पुग्यो

४ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको बिहान ७ः१५ बजेको अध्यावधिक विवरण अनुसार कोभिड १९ पुष्टि भएकाहरूको संख्या २९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ गरिएको परीक्षणअनुसार नयाँ संक्रमित १० जना थपिएसँगै कूल संक्रमित संख्या २९१ पुगेको हो ।

नयाँ संक्रमितहरु रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ पुरुषहरू र रौतहट इशनाथ ननगरपालिका ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन् ।

मन्त्रालयले उनीहरुको स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ ।

कोरोना संक्रमणबाट शनिबार बेलुकी मन्त्रालयले सिन्धुपाल्चोककी २९ बर्षीया सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेको थियो ।

हालसम्म आइसोलेसनमा ३ सय २० रहेका छन भने संक्रमित ३६ जना निको भइसकेका छन् ।