६ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ )विरुद्ध अमेरिकामा गरिएको खोप परीक्षणको परिणाम सकारात्मक रहेको बताइएको छ ।
मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड–१९ खोप परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ ।
अध्ययनमा संलग्न वैज्ञानिकहरुले जनवरीको शुरुतिर उपभोक्तासमक्ष खोप ल्याउन सक्ने बताएका छन् ।
यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो संख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन् भनेर परीक्षण गरिएको थियो ।
परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको छ ।