कोभिड-१९को संक्रमण रोकथामका लागि जनचेतनासहित मास्क र सेनिटाइजर वितरण

काठमाडौं । अखिल नेपाल निर्माण मजदुर संघले कोरोना भाइस (कोभिड-१९) को संक्रमण रोकथामका लागि जनचेतनासहित स्वास्थ्य सुरक्षाजन्य सामाग्री मास्क र सेनिटाइजर वितरण गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)सम्बद्ध पेशागत संघ अखिल नेपाल निर्माण मजदुर संघले सोमबार काठमाडौंको लाजिम्पाटस्थित होटल -याडिशन परिसरमा सिई कन्स्ट्रक्सन प्रालिद्वारा निर्माणधिन कार्यस्थलका मजदुरहरुलाई कोरोनाबाट बच्ने तरिका बताउँदै मास्क र सेनिटाइजर वितरण गरेको हो ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा तीब्रतर बृद्धि भएसँगै संघका राष्ट्रिय अध्यक्ष अमित लामा, उपाध्यक्षद्वय कमल न्यौपाने, नरहरी अर्याल, उपमहासचिव राजेन्द्र कुमार रुम्बा, केन्द्रीय सदस्य कमलमान श्रेष्ठले कार्यस्थलमै रहेका मजदुरहरुलाई मास्क प्रयोग विधि र कोभिड १९ संक्रमण रोकथाम र यसबाट बच्ने उपायका बारेमा मजदुरहरुलाई कार्यस्थलमै पुगेर जानकारी गराएका हुन् ।

उक्त कार्यक्रममा संघका बागमती प्रदेश अध्यक्ष मदन बराईली, काठमाडौं जिल्ला अध्यक्ष सुरज तामाङ, उपाध्यक्ष मेशमान तामाङ, सचिव चन्द्रज्याक्सन श्रेष्ठ र ललितपुर जिल्ला सचिव महेन्द्र घर्ती मगरको उपस्थिति रहेको संघका उपमहासचिव राजेन्द्र कुमार रुम्बाले जानकारी दिए ।