काभ्रेमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

१० कार्तिक ०७५, बनेपा । काभ्रेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शनिबार दिउँसो मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा दुई जनाको मृत्यु हुनुका साथ चारजना घाइते भएका हुन् ।

जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको मृत्यु भएको हो ।

घाइते हुनेमा पूर्व एआइजी किरण गौतम, व्यवसायी प्रदीप वोगटीसहित अन्य दुईजनाको धुलिखेल अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए।

तपाइको मत