१८ साउन ०७७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमरण अनसन बसेका ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न बसन्तपुर पुगेका छन् ।
शनिबार कांग्रेस सभापति देउवा सरकारसँग असार २३ गते भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बसन्तपुरमा अनसनरत ईः र समायरा श्रेष्ठलाई भेट्न पुगेका हुन् ।
देउवाले सरकारसँग उनीहरुका माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै भने, ‘सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ, उहाँहरुको मागमा हाम्रो समर्थन छ।’
क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने, पीसीआर परीक्षण सतप्रतिशत हुनुपर्ने लगायतका माग राखेर उनीहरु अनसनमा छन् ।