कलाकार संघका अध्यक्ष बोगटीको निधन

२३ असोज ०७५, ललितपुर । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।

टीकाथली आफ्नै घर नजिकै रुख काटेको हेर्ने क्रममा  रुख ढलेर बिजुलीको खम्बा ढल्दा बिजुलीको खम्बाले लागेर गम्भीर घाइते भएका बोगटीको निधन भएको हो ।

खम्बाले लागेर गम्भीर भएका बोगटीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

तपाइको मत