कपिलवस्तुमा बस र टिपर ठोकिंदा ३ को मृत्यु, ३१ घाइते

१२ कार्तिक ०७५, रुपन्देही । कपिलवस्तुको गोरुसिंगेमा बस र टिपर ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन ।

आइतबार दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा गुड्दै गरेको लु २ ख १४७७ नम्बरको टिपर बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा एक आपसमा टोक्किएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङ गढवा ४ की पूजा नेपाली र गढवा ४ का ४ वर्षीय शुसान्त सुनार रहेका छन् भने अर्का एक पुरुषको अझै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन । जस मध्ये ११ जनाको अवस्था गम्भीर र त्यसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।  गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत