कञ्चनपुर फेरी १० वर्षीया बालिका बलात्कृत

२७ भदौ ०७५, काठमाडौं । कञ्चनपुर मै फेरी अर्की १० वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

मंगलबार साँझ माहाकाली नगरपालिका–४ मा बस्ने १० वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बालबालिकासँग खेलिरहेकी ती बालिकालाई हात तानेर धान बारीमा लगेर बलात्कार गरिरहेकै अवस्थामा स्थानीयले थाहा पाएपछि उक्त कुरा बाहिर आएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आईते सुनारलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्दले बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताए । पक्राउ परेका आईतेमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए ।

तपाइको मत