७ भदौ ०७५, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको जानकारी दिए ।