१९ जेठ ०७५, काठमाडौं । सरकारले कक्षा ११ र १२ कक्षामा रहेको फ्याकल्टी प्रणाली खारेज गरेको छ ।
सरकारले कक्षा ११ र १२ लाई एकल पथीय बनाइ संकाय (फ्याकल्टी) प्रणाली हटाइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ ।
अब कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले अनिवार्य चार विषय (नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा) , विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै विषय रोजेर अध्ययन गर्न पाउने छन् ।
मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारूप पारित गरेको हो ।