२० असोज ०७५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाफल सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार कक्षा ११ को वार्षिक परीक्षाफल शनिबार साँझ ग्रेडिङ प्रणालीमा सार्वनिक गरेको हो । नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।
बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् भने जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।
अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कुनै एक विषयमा डी प्लस तथा सो भन्दा तल्लो ग्रेड ल्याउनेका लागि मंसिर आठ गते मौका परीक्षाको व्यवस्था गरिएको छ ।