११ असार, काठमाडौं । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नजिता साउन १५ भित्र प्रकाशित गर्ने जानकारी बताएको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने काम गरिरहेको बताएका हुन् ।
नियन्त्रक खकुरेलले दिएको जानकारीअनुसार एसईई परीक्षाको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै यसवर्ष एसईई दिने विद्यार्थीले साउनभित्रै आफ्नो नतिजा हात पार्ने भएका छन् ।
“विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ” उनले भने ।
कार्यविधिले विद्यालयको प्रधानाध्यापक अध्यक्ष तथा सम्बन्धित कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने गरी मूल्याङ्कन समिति गठन गर्ने प्रावधान तय गरिएको छ । भने, विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्याङ्कन गरी जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने समय तय गरिएको छ ।
विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अङ्क जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ ।
यसवर्ष एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने तथा पूरक ग्रेड वृद्धि परीक्षा भने नहुने बताइएको दिएका छ ।