१५ चैत ०७५, काठमाडौं । प्रदेश २ को एसईई परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान थालेको छ ।
ब्युरोका एक जना नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको हो । बिहीबार विज्ञान र शुक्रबार सामाजिक अध्ययन विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
विज्ञान विषयको प्रश्न पत्र लिक हुने वित्तिकै सीआईबीलाई अनुसन्धानका लागि अनौपचारिक रुपमा जानकारी गराइएको थियो । तर, शुक्रबारको प्रश्नपत्र पनि सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आफैंले अनुसन्धान अघि बढाउन ब्युरोलाई निर्देशन दिएका हुन् ।