२७ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा एक हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको चौबीस घण्टामा एक हजार २०१ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
यस्तै उनले हाल आइसोलेसनमा १५ हजार २६० जना र क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेको बताए ।
प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको २४ घण्टामा ८५२ जना निको भएर घर फर्किएको साथै हालसम्म हुनेको कूल संख्या ३७ हजार ५२४ पुगेको जानकारी दिए ।
यस्तै उनले थप १४ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ३ सय ३६ पुगेको छ ।