ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९९६ जना उत्तीर्ण

१५ असार ०७५, काठमाडौं । दक्षिण कोरियामा लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

इपिएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परिक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको हो ।  ७४ हजार ८ सय ६६ जना सहभागी परीक्षामा ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् ।

यो वर्षका लागि कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो तर कोटाभन्दा करिब ९ सय भन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

तपाइको मत