४ कार्तिक ०७५, तनहुँ । आबुखैरेनी गाउँपालिका–२ नारीघाटमा यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
आइतवार बेशीशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु थिए ।
घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।