आज दिउँसो चार बजे कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक

६ पुस ०७७, काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचनको मिति नै घोषणा गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार आज अपरान्ह ४ बजे पार्टी कार्यलयमा सर्वदलीय बैठक बोलाइएको छ ।