आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै – माधव नेपाल

२५ असार ०७९, बुटवल । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना नरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा समेत पाँचदलीय गठबन्धन कायमै रहने बताउँदै उनले भने, “हामीले उठाएका इस्युहरू ज्युंदै छन् भने विद्रोहको औचित्य पुष्टि भएको छ । आगामी निर्वाचनमा समेत पाँचदलीय गठबन्धन कायमै रहनेछ ।”