“एमसीसीको विरोध गर्दै आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको सकारात्मक भूमिकाले निर्णायक महत्व राख्दछ । हामीहरुलाई आशा र विश्वास छ, उहाँहरु अझ सशक्तरुपमा अगाडि बढ्नुहुनेछ ।”
![](http://www.hakahaki.com/wp-content/uploads/2020/05/Swanaam-saathi.jpg)
मार्क्सवादी चिन्तक स्वनाम साथी
आज असार ३ गते, बुधबार। हामी चाहन्छौं, “आउँदो १२ दिनसम्म नेपालमा कुनै अप्रिय घटना नघटोस् ।” असार १५ सम्म अमेरिकी परियोजना एमसीसी, मिलेनियम च्यालेन्स सम्झौता (कम्प्याकट) संसदबाट पारित भएन भने त्यसको औचित्य समाप्त हुनेछ । सत्तामा बसेकाहरुले कुनै गडबड नगरोस्, त्यसको लागि सशक्त नागरिक प्रतिरोधको आवश्यकता छ । एमसीसीको विरोध गर्दै आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको सकारात्मक भूमिकाले निर्णायक महत्व राख्दछ । हामीहरुलाई आशा र विश्वास छ, उहाँहरु अझ सशक्तरुपमा अगाडि बढ्नुहुनेछ ।
यसै सन्दर्भमा अमेरिकन मानवशास्त्री तथा अनुसन्धानकर्ता डा.मेरी डेशनका यी धारणा :
१) इष्ट इण्डिया कम्पनीको नयाँ मोडल एमसीसी हो । यसले गरीबी निवारण तथा विकासको आधार निर्माण गर्दैन् बरु नेपालको सार्वभौमसत्तालाई नै समाप्त गर्नेछ ।
२) ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षाको तीन खम्बा – व्यापार, रणनीति र सैनिक सुरक्षा रहेको र त्यसको सन्तान एमसीसी हो ।
३) अमेरिकी सुरक्षा दस्तावेजले नै एमसीसी, आपीएसको अङ्ग हो भनिसकेपछि त्यसको बारेमा हामीले बहस गर्नुपर्ने आवश्यक नै छैन् ।
४) एससीसीलाई संसदबाट अनुमोदन गरियो भने नेपालका अधिकारहरू कटौती हुँदै अन्नत: नेपाल, अमेरिकाको गलपासोमा फस्नेछ ।
५) ब्राजिलपछि दोश्रो ठूलो हाइड्रोपावर क्षमता भएको नेपालको उर्जा क्षेत्रलाई ५० अर्ब मात्रै खर्च गरेर त्यसको निजीकरण गर्न पाउनु, अमेरिकाको लागि धेरै सस्तो प्रोजेक्ट हो ।
६) भूगोल भन्दापनि सार्वभौमसत्ता महत्वपूर्ण कुरा हो, त्यसैले श्रीलंकाबाट पाठ सिकेर एमसीसीलाई कुनै पनि हालतमा खारेज गर्नुपर्दछ ।