ट्रम्प र किमद्वारा चार बुँदे सम्झौता-पत्रमा हस्ताक्षर

२९ जेठ ०७५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच चार बुँदे सहमति पत्रमा हप्ताक्षर भएको छ ।

मंगलबार सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि दुई नेताले चार बुँदे सहमति पत्रमा  हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको वाचा गरेको छ । ‌सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा दुबै नेताबीच सहमति भएको छ ।

सहमति पत्रका मुख्य चार बुँदा

१. अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने।

२. अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने ।

३. २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक नि:शस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने ।

४. अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमश: रिहा गर्ने । पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने ।

सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक निस्शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन् ।

तपाइको मत