अभियन्ता केसीले ७२ घण्टापछि अनशन तोडे

२ पुस ०८०, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनशन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनशन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र धनगढी–१ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

केसी धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए ।