१८ जेठ ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), गण्डकी प्रदेश समितिको बैठक कार्यविभाजनसहित प्रदेशका सबै स्थानीय तहमा संगठन निर्माण गर्ने गरी सम्पन्न भएको छ ।
महासंघका फ्याक्सन इन्जार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यमा बिहीबार कास्कीको लुम्लेमा बसेको अन्टुफ गण्डकीको बैठक तीन महिनाभित्र प्रदेशका ८३ वटै स्थानीय तहमा संगठन गठन पुनःगर्ठन गर्नेगरी कार्यविभाजन गर्दै सम्पन्न भएको हो ।
जसअनुसार गोर्खा र मनाङमा रुद्र गौतम, तनहुँमा भोजराज खत्री, लमजुङमा सूर्यभक्त पौडेल, म्याग्दीमा टंक पौडेल, पर्वतमा गुणराज बास्तोला, कास्कीमा नबिना घिमिरे र महिमा शाही, नवलपुरमा श्रीभक्त विक, स्याङ्गजामा मंगल लिम्बु, बागलुङ र मुस्ताङ रमेश सिके र जमुना शेर्पालाई जिल्ला र स्थानीय तहका कमिटी गठन पुनर्गठन गर्नेगरी जिम्मेवारी ठोस गरिएको छ ।
बैठकमा अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्ती, अध्यक्ष जगत सिम्खडा, प्रधानमन्त्री प्रचण्डका प्रशासन सल्लाहकार समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्य, विज्ञ समूहका अध्यक्ष जय कार्की, वरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगरले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
अन्टुफ गण्डकीका अध्यक्ष रुद्र गौतमको अध्यक्षतामा बसेको उक्त बैठकमा बागलुङ कृष्ण जिसी, नवलपुरका सानुकाजी डंगोल, तनहुँका बीरबहादुर थापा, लमजुङका शम्भुलाल श्रेष्ठले सांगठनिक रिपोर्ट राखेका थिए ।
यसैगरी पेशगात संगठनहरु उद्योगका तीर्थ अधिकारी, यातायातबाट सूर्यभक्त पौडेल, निर्माणका बीरबहादुर गुरुङ, सेक्युरिटीका बालकुमार खवास, स्वास्थ्यका शेरबहादुर, संघसंस्थाका विष्णु पौडेल, पर्यटनका विष्णु देवकोटाले बैठकमा रिपोर्टिङ राखेका थिए ।