२ असोज ०७५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहिबार हुने भएको छ ।
मंगलबार बसेको संसदीय सुनुवाई विशेष समितिकोे बैठकले आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो ।
संवैधानिक परिषदको गत भदौं २० गते बसेको बैठकले कार्यवहाक प्रमुख आयुक्त घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।