अधिकारवादी एवम् वामपन्थी नेता तुलाधरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

१९ कार्तिक ०७५, काठमाडौं । मानव अधिकारवादी एवम् वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ ।

उनको सोमबार राष्ट्रिय सम्मानसहित नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए ।

तुलाधरको शवयात्रा उनकै निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

तपाइको मत