२८ भदौ, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आहृवान गरेको छ । इच्छुक उमेद्वारले ३० दिनभित्र सिंहदरबार अगाडि रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ ।
बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियर नोटिसबाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने भए पनि फारम बुझाउन भने बैंकमै जानुपर्छ ।
लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनोट गरिने छ । लिखित परिक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ ।
बैंकले मंगलबार निकालेको सूचनामा प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना, प्रशासन अन्तर्गत पाँचौं तहको वरिष्ठ सहायकका लागि १९ जना, पाँच तहको वरिष्ठ सहायक (नगद शाखा) मा ५० जना, पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना, चार तहको सहायक पदका लागि ५५ जना, चार तहकै सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ ।
बैंकले उमेरको हकमा पुरुषका लागि २१ वर्षदेखि ३५ वर्ष र महिलाका लागि २१ वर्षदेखि ४० वर्षसम्म तोकिएको छ भने बैंकमा जागिर खाइरहेकालाई भने उमेर हद नलाग्ने जनाएको छ ।