१६ वर्षीया अनिता आफ्नै घरमा मृत अवस्थामा फेला

६ पुस ०७५ राजविराज । कंचनरूप नगरपालिका –५ की १६ वर्षीया अनिता सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन ।

शुक्रवार बिहान घाँटीमा साडीको पासो लगाई झुण्डिएर मृत अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।

राती खाना खाएर सुतेकी उनी बिहान झुण्डिएको अवस्थामा फेला परे पछि बुबा पुरण सदाले प्रहरीलाइ खवर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइ घट्नाबारे आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको मत