हेलिकप्टर दुर्घटनाका सातै जनाको शव फेला, ४ शव सुकेटार ल्याइयो

१५ फागुन ०७५, काठमाडौं । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव फेला परेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा हिउँ पर्न थालेको र कुहिरो लाग्न सुरु भएकोले बाँकी अन्य तीन शव ल्याउने तयारी भए पनि मौसमका कारण कठिनाई भइरहेको उनले बताए

हेलिकोप्टर बिहान ८ बजे काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहित उडेका थिए ।

तपाइको मत