१५ माघ ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेपछि सत्तारुढ गठबन्धनको बैठकमा उनको आलोचना भएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार करिव एक घण्टा भएको भेटमा प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् । भने, शनिबार बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे आलोचना भएको थियो ।
पत्रमा राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् ।
राष्ट्रपतिले राजनीति गर्न खोजेको भन्दै पत्रका सम्बन्धमा नेताहरुले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको बताएका छन् ।