३ असोज ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना सन्देशमार्फत् राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छन् ।
२०७२ साल आश्विन ३ गते जनताकाे प्रतिनिधिद्वारा नेपालको संविधान जारी भएकाे स्मरण गर्दै राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी हुन् ।
नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु युगीन अभिभारा भएको बताउँदै उनलेे भनिन्, “जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपरेको छ ।”।
उनले शुभकामना सन्देशमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्नुपर्नेमा जाेड दिएकी छन् ।